कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार, ३ लाख बढी संक्रमित
कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ। जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ। त्यस्तै, मृत्यु हुनेको संसार १३ हजार ३२ पुगेको छ। चीन, इटली र त्यसपछि स्पेनमा सर्वा्धिक धेरै संक्रमित देखिएका छन्। सार्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ।
इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन्। बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन्। कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले औल्याएका छन्। एजेन्सी