विश्वमा ५१ हजार भन्दा धेरैको अवस्था गम्भीर, मृतकको संख्या १ लाख २९ हजार नाघ्यो
विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख २९ हजार १ सय ८७ जनाको ज्यान गएको छ भने २० लाख २८ हजार १ सय ७ जनालाई संक्रमण भएको छ। त्यस्तै ४ लाख ९४ हजार ५ सय ६६ जना उपचार पछि निको भएका छन्।
त्यस्तै विश्वमा ५१ हजार ५८५ जनाको अवस्था गम्भीर रहेको छ। अहिले सम्म विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोनाको कारण अमेरिकामा यो समाचार तयार पार्दासम्म २६ हजार २ सय १३ जनाले ज्यान गुमाएका छन् भने आजमात्रै त्यहाँ १ सय ६६ जनाको मृत्यु भएको छ। अन्य दिनको तुलनामा आज भने अमेरिकामा महामारीका कारण संक्रमित तथा मृतकको संख्यामा कमी आएको छ।
अमेरिकामा भाइरसका ६ लाख १५ हजार ८९५ संक्रमित रहेका छन्। आज मात्रै त्यहाँ २ हजार ९ जनालाई संक्रमण भएको छ। त्यस्तै अमेरिकामा १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ। त्यस्तै स्पेनमा आजमात्रै ३२४ जाको ज्यान गएको छ भने आज नै ३ हजार ५७३ नयाँ संक्रमित पाईएका छन्।
त्यस्तै इटालीमा अहिलेसम्म १ लाख ६२ हजार ४८८ जनालाई संक्रमण भएको छ भने २१ हजार ६७ जनाको ज्यान गएको छ त्यहाँ ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको छ। त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म १५ हजार ७२९ जनाले ज्यान गुमाएका छन्। भने १ लाख ४३ हजार ३०३ जनालाई संक्रमण भएको छ त्यहाँ ६हजार ७३० जनाको अवस्था गम्भीर रहेको छ।
त्यस्तै चीनमा अहिलेसम्म ३ हजार ३४२ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार २९५ जनालाई संक्रमण भएको छ। चीनमा आज थप ४६ नयाँ संक्रमित थपिएका छन् भने थप १ जनाको आज मृत्यु भएको छ। त्यहाँ ११३ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै ईरानमा अहिलेसम्म ४ हजार ७७७ जनाले ज्यान गुमाएका छन् भने, ७६हजार ३८९ जनालाई संक्रमण भएको छ।
त्यस्तै त्यहाँ आज मात्रै ९४ जनाको ज्यान गएको छ भने आजै त्यहाँ १५१२ जना नयाँ संक्रमित पाइएका छन् । त्यहाँ३ हजार ६४३ जनाको अवस्था गम्भीर रहेको छ। छिमेकी देश भारतमा कोरोना भाइरसको कारण ४०५ जनाको ज्यान गएको छ भने ११ हजार ९२७ जनालाई संक्रमण भएको छ। आज मात्रै भारतमा कोरोनाका थप ६८ नयाँ संक्रमित थपिएका छन् भने, आज नै त्यहाँ १२ जनाले ज्यान गुमाएका छन्।