सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भेटिए कालाजारका बिरामी

२०७७ वैशाख ५, ०३:०० खबर संवाददाता

दार्चुला: दार्चुलामा कालाजारका एक बिरामी फेला परेका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिकाका ५० वर्षीय पुरुषमा कालाजार भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।

लामो समयदेखि ज्वरोले सिकिस्त ती पुरुषलाई कालाजार भेटिएपछी थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल, धनगढी ल्याइएको छ।

कालाजार लिस्मानियाबाट संक्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने गर्दछ। दार्चुलामा यसअघि २०७५ सालमा चारजना कालाजारका बिरामी भेटिएकोमा १ जनाको मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस