सुदूर नेपाललाई विश्वसँग जोड्दै

गो कोरोना गो’ बजारमा

२०७७ वैशाख २८, ११:४५ खबर संवाददाता

‘गो कोरोनो गो’ बोलको नेपाली नयाँ र्‍याप गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो।

कोरोना महामारीका बेला पनि समाजमा भइरहेको विसंगति, बिकृति, भ्रस्टाचार र अन्धविश्वासलाई गीतको माध्यमबाट झटारो हान्ने प्रयास गरिएको संगीतकार दिपक आरजेले बताए । उनले लकडाउनमा दर्शक श्रोतालाई मनोरन्जन प्रदान गर्ने हेतुले तयार पारिएको गीतको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नीमा छायांकन गरिएको जानकारी दिए।

उनका अनुसार यो गीत कुनै व्यवसायिक प्रयोजनका लागि नभई धर्मको नाममा, राजनीतिको नाममा र पैशाको नाममा समाजलाई बजार बनाउनेहरुको, र जनताको स्वास्थ्य, समस्या र भोकसँग खेलवाड गर्नेहरुकाविरुद्ध तयार पारिएको हो। 

यस्तो छ गीतको शब्द

कोही यहाँ आँगनमा खाल्डा खुल्डी खन्दै छन्
खाल्डो खनी निधारमा कालो टीका लाउँदै छन् ।
एउटा आउँछ गोबर मुतले कोरोना भाग्छ भन्दै छ
अर्को फेरि ईशुको नाममा हटिजा भन्दै छ।
हटिजा… रेखाथालाबा सान्दाराबा।

कोरोना भगाउनलाई धामीझाक्री बसाल्दिने
रातो भाले काटीकुटि दारुसँग खाईदिने।
फुट्ने गरि थाली भाडा घर–घरमा बजाई दिने
चैतको मैनामा पनि दीपावली मनाई दिने ।

नेपालीले चान्स पाए के–के सम्म गर्दा रैछन्
घरमा बसी चामलदालको गेडा पनि गन्दा रैछन्
लक डाउनमा घर छोडी लखर लखर डुल्दा रैछन्
दारु खैनी चुरोटको खोजीमै भुल्दा रैछन् ।

रक्सी र गाजाले कोरोना मर्छ भन्दिने
डाक्टरको भन्दा, साथी गजेडी को कुरा मान्दिने
पाँच किलो चामल बोकी दुईचार घरमा डुल्दिने
गरिबको फोटो खिची फेसबुकमा हाल्दिने।
अनि हिरो बन्दिने…

अब पालो नेताजी को

महामारी मा’नि तिमी ,लुट्नमै व्यस्त छौ
जनता भोकभोकै छन्, तिमी भने मस्त छौ
लाज छैन शरम छैन ,औसधिमा ब्रम्हलुट
जनतालाई सधैँ झुठ।
कैले बुझ्छौ जनताको मन भित्रको त्यो चोट
यही जनता हुन् हजुर ,तिम्लाई दिने आफ्नो भोट।

आज रुँदैछन् सडकमा, हिँन्दै छन हाइवेमा
एक मुठी चामल नि, भन्दैछन् पाइएन।
भोकभोकै रुनेको पाप लाग्छ नेताजी
मर्ने बेला नांगै जान्छौ, पैसा लान्नौ नेताजी।

लुट्न सके लुट कन्छा लुट्न सके लुट
अरु देशमा पाइँदैन नेपालमै छ छुट।

कमेन्ट लोड गर्नुस