बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना
२०७७ असार २८, ०४:०५
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। आमाछोरीलाई कोरोना संक्रमण भएको महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बताए।
यसअघि अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो। तर अमिताभकी पत्नी जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।
कमेन्ट लोड गर्नुस