सुदूर नेपाललाई विश्वसँग जोड्दै

विक्रम बरालको ‘भन्थे बाजेले' सार्वजनिक (भिडियोसहित)

२०७७ साउन ७, ०५:४७ खबर संवाददाता

काठमाडौं: विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले’ सार्वजनिक भएको छ। रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले’को भिडियो सार्वजनिक भएको हो।

शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन्।

अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ।

‘हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ प्रस्तु्त गरेका छौ, सबैको साथ सहयोग र माया पाउने अपेक्षा लिएका छौं,’ सङ्गीतकार हरि लम्सालले भने। गीतको भिडियो टुवेल्थ टोन्स मार्फत सार्वजनिक गरिएको छ।

कमेन्ट लोड गर्नुस