सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चारकर्मी तथा गीतकार जोशीको ‘कति छ टाढा’ सार्वजनिक(भिडियोसहित)

२०७७ साउन ७, ०६:५८ खबर संवाददाता

काठमाडौं: सञ्चारकर्मी तथा गीतकार केशवराज जोशीको पहिलो सांगीतिक गजल ‘कति छ टाढा’ सार्वजनिक भएको छ। उनको यो गीत युट्यबुमार्फत् सार्वजनिक गरिएको हो। 

जोशीको शब्द रहेको यो सांगीतिक गजलमा पुराना तथा लोकप्रिय गायक रामभक्त जोजिजुले आवाज दिएका छन्। गीतलाई सञ्जीव पालले रेकर्ड र एरेन्ज गरेका हुन्। शम्भु तन्डुकारले मिक्सिङ गरेको गीतलाई जेई स्टुडियोमा रेकर्ड गरिएको हो।

साहित्यमा रूचि राख्ने गीतकार जोशी आगामी दिनमा पनि स्रोतादर्शकको चाहनाअनुसार गीत ल्याउने योजनामा छन्। ‘मेरो पहिलो कोसेली केही दिनअघि मात्र युट्युबमा आएको छ।

यो गीतबाट पाएको प्रतिक्रियालाई ध्यानमा राख्दै आगामी दिनमा सांगीतिक बजारमा आउने छु,’ गीतकार जोशीले भने, ‘पहिलो गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको छु। तत्काल अन्य गीत बजारमा ल्याउन नसके पनि तयारीमा भने जुटिसकेको छु।’

कमेन्ट लोड गर्नुस