खबरदार नेता
साच्चै देश चलाउने हो भने,
देश चलाऊ नेता !
स्वार्थको भारी बोक्छौ भने,
त्यो भारी बिसाऊ नेता !!
राम्रो राजनीतिक गर्छौ भने हाम्रो नेता,
होइन भने खबरदार नेता...
आफूलाई नेता ठान्छौ भने,
आपसमा झगडा नगर नेता !
नेपाल आमालाई सुख दिन्छौ भने,
एकढिक्को भएर जाऊ नेता !!
राम्रो राजनीतिक गर्छौ भने हाम्रो नेता,
होइन भने खबरदार नेता...
वीर नेपाली भन्छौ भने,
किन तेरो मेरो दल भन्छौ नेता !
हामी सबै जुड्न नसक्यौ भने,
देशले सास नफेर्ला नेता !!
राम्रो राजनीतिक गर्छौ भने हाम्रो नेता,
होइन भने खबरदार नेता...
देशको माया छैन भने,
देश छाडी जानु पर्ला नेता !
जनको सपना मिच्छौ भने,
तिमी आफै मिचियौला नेता !!
राम्रो राजनीतिक गर्छौ भने हाम्रो नेता,
होइन भने खबरदार नेता...
जनको सेवक बन्छौ भने,
कुर्सीको पछाडी नदौड नेता !
देश डुबाउने हो भने,
डाडुमा पानी तताई डुबेर मर नेता !!
राम्रो राजनीतिक गर्छौ भने हाम्रो नेता,
होइन भने खबरदार नेता...
-होमबहादुर थापा मगर, दोधाराचाँदनी कञ्चनपुर