सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक बोहराको ‘काफल गेडी’ सार्वजनिक (भिडियो सहित)

२०७७ साउन २३, ०७:४६ खबर संवाददाता

धनगढी :  गायक तथा मोडल चेतन बोहराको ‘काफल गेडी’ गीत सार्वजनिक भएको छ। बोहरा र नेपाल आयडलबाट चर्चामा आएकी रचना रिमालको आवाजमा रहेको उक्त गीत चेतन बोहराले आफ्नै युवट्युवबाट बजारमा ल्याएका हुन्।

बोहराले यसअघि दर्जन बढी गीत बजारमा ल्याईसकेका छन्। यस गीतमा हर्क बिवश खनालको शब्द रहेको छ भने गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन्।

छायाकंन प्रकाश खड्का र म्युजिक भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन्। यस गीतमा बोहरा आफैले संगीत संयोजन गरेका छन। म्यूजिक भिडियोमा बोहोरा र रिमालले नै अभिनय गरेका छन्।
 

कमेन्ट लोड गर्नुस