सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुक्ति

२०७७ साउन २३, १०:४१

प्रचण्ड भाष्कर

अघोरिहरूको घनघोर ताण्डव 
हुँदै गरेको एकरात
घाट नजिकै 
महामृत्युञ्जयको 
महा मन्त्रोच्चारण गर्दै गरेको 
मार्च पासको दृश्य 
कुनै दुतावासको भव्य भेटघाटको 
झल्को दिइरहेको थियो।

उत्सव भैरहेथ्यो नटराजहरूको
अनिष्टलाई स्वागत गर्न
उनीहरू पटक्कै चाहदैनथे 
-कसैको जीवन
 -न त मोक्ष प्राप्ति नै१
मंत्रोच्चारण हुँदै थिए केवल
आफ्नै जीवनको लागि।

ॐ त्रयम्बकं याजामहे सुगंधिम पुष्टिवर्धनं।

उर्वारुकमिव बन्धनान्मृत्यौ ( 'र् मुक्षीय' हटाएर ) मामृतात्

अघोरिहरू अवगत थिए,
देशको सिंगो शरीरको रक्षक  ुरुद्रु
स्वयं  विषाक्त  भएर छट्पटाइरहेछ
सिंहदरवारको कैलाश कोठा भित्र।

आफ्नो अन्तिम राष्ट्रिय श्वासमा
फेरिरहेछ विषालु आश्वासनका 
मिति पूरा भइसकेका
देशै खाने अर्ती उपदेशहरू

कुनै निश्चित चुनावी एजेन्डा जस्तै 
औपचारिकता निभाइरहेछ,
आफ्ना अन्धा र बहिरा सेनानीहरूलाई 
उनीहरुले मात्र बुझ्ने लिपिमा।

कसरी थाहा पाउँछन् अघोरिहरूले 
कसैको मृत्युको साइत,
कसरी आकाशबाटै सजिलै देख्दछ गिद्धले 
 लुकेर घिस्रिदै गरेको सर्प,
किन मन पर्दैनन् अघोरीहरूलाई
अश्विनी र सञ्जीवनी रु

राहदानी विभाग बाहिरको भिँड जस्तै 
जिज्ञासाले कौतूहल बनेका नजरहरू
अपवित्र बनेँर फर्किए,
जीर्ण र रुग्ण देखिन्थे अघोरीहरू
मुक्ति खोजिरहेका थिए 
घाँटीमा झुण्ड्याइएको
पार्टीको कंकालबाट।

कमेन्ट लोड गर्नुस