सुदूर नेपाललाई विश्वसँग जोड्दै

चक्र बमको ‘ओए काजल’ लाई करोड भ्यूज

२०७७ भदौ १२, १०:२९ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमबाट उदायका गायक चक्र बमको पछिल्लो समयमा सार्वजनिक भएको गीत ‘ओए काजल’ लाई एक करोड भन्दा बढि पटक हेरिएको छ।

सुदूरपश्चिमका गाउँघरमा बोलिने शब्दहरुलाई गीत मार्फत प्रस्तुत गर्दै आएका बमले पछिल्लो समयमा सार्वजनिक गरेको ‘ओए काजल’ बोलको गीतलाई युवट्युवमा एक करोड १४ हजार भन्दा बढि पटक हेरिएको हो। 

‘सुदूरपश्चिको भाषा राखेर कुमाउ गडवाल शैलिमा तयार गरिएको यो गित कतिपय तरिकाले भेगिए गीत भनेर पनि बुझिन्छ,’ करोड क्लवमा गीत पुगेपछि बमले स्टाटस लेख्दै भनेका छन्, ‘तर गित सङ्गितको कुनै सिमा हुँदैन भने जस्तै आज हरेक किसिमका गीत सुन्ने दर्शक स्रोताले सकारात्मक प्रतिकृयाका साथ यो सृजनालाइ सोचे भन्दा बढि मन पराइदिनु भएको छ।’

चक्र बमले उक्त गीत आफ्नै युवट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए। 

यस्तो छ गीत
ओए काजल... ओए काजल...
नजर लागनि होइ नजर लागली
 नजर लागनि दुनिया भैगो पागल 
ओए काजल...
ओए काजल आखि लगाइदे गाजल...३
हिल वाला जुत्ति नला ओए काजल
लाल वालि कुर्ति नला ओए काजल
दुनियालाइ मुन्नि प्यारि ओए काजल
मलाइ तेरि चुन्नि यारि ओए काजल
ओए काजल...
ओए काजल आखि लगाइदे गाजल...३
घुगुरु बजा पायल बजा ओए काजल
हल्का सजा हल्का लजा ओए काजल
साइ उसि अप्सरा जसि ओए काजल
के गर्छै पाउडर घसि ओए काजल 
ओए काजल...
ओए काजल आखि लगाइदे गाजल...३
नौतुनाको रेलगाढिमा ओए काजल
सङ्गै चडि चिलगाढिमा ओए काजल
घुमाउलो नैनिताल सम्म ओए काजल
कुमाउ देखि गडवाल सम्म ओए काजल 
ओए काजल...
ओए काजल आखि लगाइदे गाजल...२
नजर लागनि होइ नजर लागलि
नजर लागनि दुनिया भैगो पागल
ओए काजल...
ओए काजल आखि लगाइदे गाजल...३ 

कमेन्ट लोड गर्नुस