सुदूर नेपाललाई विश्वसँग जोड्दै

११ वर्षीय बालकले कसरी चोरे बैंकबाट २० लाख ?

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १५, ०२:०५ खबर संवाददाता

धनगढी: एक ११ बर्षीय बालकले बैंकबाट ११ लाख कसरी चोर्न सक्छन। यस्तो चकित परिने हखालको घटना भारतमा भएको छ। भारतको जिन्दमा ११ वर्षीय बालकमाथि पञ्जाब नेसनल बैंकको एक शाखाबाट २० लाख भारु चोरेको आरोप लागेको छ। 

सोमवार बेलुका नगद गनेर रुजु गर्दा २० लाख भारुको हिसाब आएन।  त्यपछि बैंकका कर्मचारीले राति प्रहरीलाई खबर गरे। प्रहरीले सीसीटीभी फूटेज हेर्दा प्रहरीले उक्त नगद एक बालकले चोरेको पाए। 

उनले अनौठो ढंगबाट रकम चोरेको फुटेटमा देखियो। क्याशियर क्याबिनबाट निस्केर शौचालय जाँदा ती बालक सुटुक्क क्याबिनमा पसे र झोलामा क्याश राखेर भागे। 

अहिले बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।-ऐजेन्सी

कमेन्ट लोड गर्नुस