सुदूर नेपाललाई विश्वसँग जोड्दै

र्‍याप गायक भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

२०७७ कार्तिक १८, ०५:०६ खबर संवाददाता

काठमाडौं : र्‍याप गायक भिटेन(समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको अदालतको ठहर छ । 

भिटेनलाई मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

भिटेनले १६ कात्र्तिकमा प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

 

कमेन्ट लोड गर्नुस