नत्र केवल लास छ जिन्दगी
-विमल सुर्खेती
कल्पनामा थियो मेरो रंगीन संसार
आँखा खोल्दा चारैतिर अन्धकार ।
जिन्दगीको हरेक पाइला एक्लै हिँडियो
कतै अल्झिए, कतै लडियो ।
तर आज चारैतिर फुल फुलेको छ
मनले सारा दुःख, पिडा भुलेको छ ।
न्यानो स्पर्श तिम्रो कोमल हातको
महशुस गरें स्नेही तिम्रो साथको ।
त्यो शुन्यतामा जब तिम्रो आभाष भयो
एक्लोपनबाट उक्सिएर जिवन जिउँने सास आयो ।
अन्धकार छिचोल्दै सुर्यको किरण छरियो
हृदयको खाली ठाउँ तिमी आएर भरियो ।
अब सधैँलाई राखे आफुलाई तिम्रो नाममा बन्धकी
तिमी छौ र त सास छ, नत्र केवल लास छ जिन्दगी ।