गायक शेर कैनीको ‘बदलिँदैन मन’ सार्वजनिक (भिडियोसहित)
धनगढी: गायक शेर कैनी र अस्मिता अधिकारीकोे स्वरमा रहेको ‘बदलिँदैन मन’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
हिमाँशु रायमाझी ‘गोधुली’को शब्द रहेको उक्त गीतमा भीम विसीको संगीत छ । पुष्कर सुनुवारको एरेन्ज रहेका हुन् ।
युवा–युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्यूजिक भिडियोमा तुल्सी सिंह र कविता नेपालीको अभिनय देख्न सकिन्छ ।
विक्रम चौहानले कोरियोग्राफीरडिरेक्सन गरेको यस भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् । गीत सिन्धुलीका विभिन्न क्षेत्रमा छायांकन गरिएको हो ।
भिडियोमा मिलन विश्वकर्मा विकाशको सम्पादन रहेको छ । भिडियको मिक्सिङ्ग/मिस्टरिङ्ग मनोज परियारले गरेका हुन् । गायक कैनी अत्तरिया मेरी स्टोप्स सेन्टर नेपालका डिजी कोडिनेटर पनि हुन् ।