यस्तो आयो ‘तु माईत जन जाई रे’ को रिमेक(भिडियोसहित)
धनगढी: गायक तथा र्यापर राजेन्द्र भट्ट(मिस्टर आरजे) ले गायक करन सिंह ऐरको गीत ‘तु माईत जन जाई रे’ को रिमेक म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
‘तु माईत जन जाई रे’ को रिमेक गोल्डेन हिल्स पिक्चर युटुब च्यानलबाट सार्वजनिक भएको हो। ‘तु माईत जन जाई रे’ को रिमेक राजेन्द्र भट्टले गरेका हुन् भने, स्वर रमेश बलायर र पुर्णकला बिसीकोे रहेको छ।
चर्चित गीत ‘तु माईत जन जाई रे’ लाई केही परिवर्तन गरी सुदूरपश्चिमका पर्यटकिय क्षेत्रमा छायाङकन गरी भिडियो निर्माण गरिएको हो। भिडियोमा सुदूरपश्चिमका पर्यटकिय क्षेत्रका दृश्यहरु देख्न पाइन्छ भने धेरै जसो कलाकार समेत सुदूरपश्चिमकै रहेका छन्।
भिडियोमा पष्प खड्का, राजेन्द्र भट्ट, ईनु क्षेत्री र प्रोमिञ्जल भट्ट लगायतले अभिनय गरेका छन्।