‘स्वर्गकी परी’ सार्वजनिक !
कञ्चनपुरको भीमदत्त नगरपालिका तिल्केनीका महेश धामी अभिनित म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।
राज चौधरीको स्वरमा रहेको ‘स्वर्गकी परी’ बोलको गीतमा महेशसँगै पूजा भण्डारीलाई ‘फिचर्ड’ गरिएको छ । विवेक पाण्डेको शब्द रहेको उक्त गीतमा विवेकसँगै मुकेश पाण्डेको संगीत रहेको छ ।
विवेकको निर्देशनसमेत रहेको म्यूजिक भिडिओको कथा आरती कार्की पाण्डेले लेखेकी हुन ।
डडेलधुरा, डोटी र गोदावरीका विभिन्न ठाउँमा छायांकन गरिएको थियो उक्त भिडिओ हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो ।