माघीलाई लक्षित गरी थारु मघौटा गीतको म्युजिक भिडियो
धनगढीः आदिवासी थारु समुदायको नयाँ वर्ष माघलाई लक्षित गरी थारु म्युजिक भिडियोको छायांकन गरिएको छ।
विशेष गरी माघमा नाचिने मघौटा नाच र ढमारलगायत गीतमा म्युजिक भिडियोको छायांकन गरिएको हो।
थारु लोक लयमा गाइने ‘बाबाकी सगरम मुरिया लहाइ गैनु हा, टिकुली छुटल पानी घाट’ भन्ने मघौटा गीतमा कञ्चनपुरको सिंहपुर गाउँमा म्युजिक भिडियो छायांकन गरिएको सीएस फिल्मस् प्रालि धनगढीले जनाएको छ।
सुधराम दहितको निर्देशनमा भएको म्युजिक भिडियोमा मोडल वीर चौधरी, भानु चौधरी, सुनिता दहित, महिमा चौधरीलगायतका कलाकारले अभिनय गरेका छन्।
गीतमा गायिका सोमती थारु र गायक विजय चौधरीको स्वर रहेको छ। म्युजिक भिडियोको माध्यमबाट थारु संस्कृतिक गीत संरक्षण हुने विश्वास लिइएको छ। म्युजिक भिडियोमा क्यामेरा र एडिट सतिश सिंन्हाको रहेको छ।