‘कोरोनाको कथा लकडाउनको व्यथा’ पुस्तक विमोचन
धनगढी: कवि प्रेमबहादुर सिंहद्वारा लिखित ‘कोरोनाको कथा लकडाउनको व्यथा’ नामक गीतिकाव्य पुस्तक विमोचन गरिएको छ।
बुधबार सुदूरपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा पुस्तकको विमोचन समाजका अध्यक्ष रामलाल जोशीले गरेका हुन। कवि प्रेमबहादुर सिंहद्वारा लिखित गीतिकाव्य पुस्तकमा कोरोना माहामारीको सुरुवातदेखि हालसम्म मानिसहरुले भोग्नुपरेको समस्या, क्षति र कोरोना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने सन्देश गीती रचनामार्फत गरिएको छ।
१२ वटा विषयवस्तु तथा क्षेत्र समेटेर गितीकाव्य पुस्तक प्रकाशन गरेको बताए। १२ वटा विषयवस्तु तथा अध्यायमा कोरोना काण्ड, कोरोना लकडाउन काण्ड, लकडाउन कोरोना क्वारेन्टिन काण्ड, शिक्षा काण्ड, स्वास्थ्य काण्ड, आर्थिक तथा भ्रष्टाचार काण्ड, राजनीतिक तथा सामाजिक काण्ड, प्राकृतिक प्रकोप तथा भोकमरी काण्ड, व्यवसाय तथा रोजगार काण्ड, धार्मिक साँस्कृतिक भूमि काण्ड र बचाउ तथा होसीयार काण्ड गरी सबै विषयबस्तु अध्यायमा समेटेको उनले बताए।
बझाङको दुर्गाथली गाउँपालिकामा जन्मिएका कवि सिंहको यो पहिलो कृति हो।
गीतिकाव्य पुस्तक विमोचन कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो।