डेढ करोड लिएर आफ्नो श्रीमान प्रेमिकालाई सुम्पिएपछि...
काठमाडौं : एउटा अचम्मित बनाउने समाचार बाहिरिएको छ। भारतको मध्य प्रदेशको राजधानी भोपालकी एक श्रीमतीले डेढ करोड रुपैयाँ लिएर आफ्ना श्रीमान प्रेमिकालाई सुम्पिएकी छन्।
उक्त केस फेमिली कोर्टमा केहि समय अगाडि मात्रै दर्ता भएको थियो।
जसमा एक नाबालिगले बुबाको अफिसमा एक महिलासँग अफेयर रहेको र त्यसकै कारण घरमा झगडा हुने गरेको बताएकी थिइन।
बालिकाको केसपछि उनीहरुलाई बोलाउँदा उनीहरुले प्रेमीकासँग बस्न चाहेकोले यस्तो गरेको बयान दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।