सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा पनि गौराको रौनक (फोटो र भिडियो)

२०७५ भदौ १८, ०६:४३

प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्वको मुख्य दिन आज, हर्षोल्लासका साथ मनाइँदै छ । यस दिन गौराको विषेश पूजाआजा गरी मनाउने चलन रहेको छ । यस बर्ष गौरा पर्व स्वदेशमा मात्रै होईन काम विशेषले विभिन्न देश पुगेका सुदूरपश्चिमेलीहरुले पनि विदेशमै उल्लासका साथ मनाएका छन् ।

मलेसीया, युएई, अमेरीका, भारत लगायतका देशमा रहेका सुदूरपश्चिमेलीहरुले गौरा पर्व उल्लासका साथ मनाएका हुन् । पछिल्ला केही वर्षयता विदेशमा समेत सुदूरपश्चिमेलीहरु बाक्लिदैं जान थालेपछि गौरा पर्वहरु मनाउने क्रम बढ्दै गएको हो । गौरा पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । 

सुदुरपश्चिमेली नेपाली समाज मलेसियाले यसबर्स पनि गौरा पर्व मनाएको छ । मलेसियाको केन्द्रीय समिती र जोहोर राज्य समीतीको आयोजनामा गौरु पर्व मनाईएको हो । कार्यक्रममा डेउडा गायक नन्दकृष्ण जोशी सहित दर्जनौ कलाकारहरुको सहभागिता रहेको थियो । समाजका केन्द्रीय अध्यक्ष समीर मल्लको अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम सेवा समाजका सल्लाहकार तथा नेपाली राजदुतावासका  टेक बहादुर बुढा रहेका थिए । 
यसैबीचमा अमेरिकाको विभिन्न क्षेत्रमा समेत गौरा बिशेष कार्यक्रमहरु आयोजना गरिएका छन् । गौरा पर्वको अवसर पारेर अमेरिकाको न्यूयोर्क, टेक्सास, केन्टकी, मेरिल्याण्ड स्टेट लगायतका विभिन्न क्षेत्रमा गौरा बिशेष कार्यक्रमहरु भएका हुन् ।

अमेरिकामा पनि सुदूरपश्चिमेलीहरुको संख्या बढ्दै जान थालेपछि गौरा पर्व मनाईएको हो ।

यस्तै भारतका विभिन्न राज्यमा रहेका सुदूरपश्चिम समितीहरुले पनि गौरा पर्व मनाएका छन् ।

कमेन्ट लोड गर्नुस