अमेरिकाको टेक्ससलाई गौराले झुमायो (फोटो फिचर)
सूदुरपश्चिमबाट आएर ड्यालास वसोवास गरिरहेका सुदुरवासीहरुले शिवपार्वती, गणेशको बिशेष पुजा गरी गौरा पर्व मनाएका छन । केहि बर्षदेखि अमेरीकाको ड्यालासमा रहेका नेपालीले गौरा मनाउँदै आएका छन् । पर्वको अवसरमा गौरानाच, सुदूरपश्चिमको नृत्यहरुका साथै लोकप्रिय डेउडा गीतबाट मनोरन्जन गरिएको छ । सुदूवासीहरुको बाक्लो बसोवास रहेको ड्यालसमा करिव सात सय जनाको सहभागितामा कार्यक्रम स्थल नेपाली मन्दिर अर्बिङमा भक्तजनहरुको ठुलो भीड लागेको थियो । जसमा पूजा लगतै देउडा गीतका भकाहरु घन्केका थिए । देउडाको सुरुआतीको स्वागत गीतदेखि नेपालको अहिलेको बालिकाहरुको बलात्कार एवम् हत्यासंग सम्बन्धित देउडाहरु दोहरीको किसिमले देउडेहरुबाट कटाक्ष प्रस्तुत गरिएको थियो ।
“ फुल्न दे फूल कि भाडी, जन चुसै भमरा ।
तमरो हामरो भेट अराउन, आईगईन गमरा ।।
दाहिना भया गौरादेवी दाहिना भया भोले ।
मान्यजनलाइ जदौ टक्र्याई, डेउडा भाका बोले ।”
कार्यक्रममा सुदुरपश्चिम नेपाली समाज टेक्ससका अध्यक्ष प्रेमबहादुर शाहीले सबै सहभागीलाई स्वागत गरेका थिए भने समाजका संस्थापक अध्यक्ष भक्त भण्डारीले सूदुर पश्चिमको कला र संस्कृतिको प्रवद्र्धनमा सबैको सहयोगको अपेक्षाका साथै धन्यवाद ज्ञापन गरेका थिए ।