सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईमा गौरा पर्वको रौनक

२०७५ भदौ २३, ०६:५१

सात समुद्र पारी परदेशको ठाउँ । अग्लाअग्ला भवनको शहर दुबइ । दुबइको मुख्य शहर धेरै नेपालीको जमघट हुने ठाउँ हो । शुक्रबार नेपालीका बिशेष कार्यक्रम हुने र जम्मा हुने ठाउँ भएकाले शुक्रवार एक होटलको सभाहलमा खचाखच भरिएका थिए त्यहाँ कार्यरत सुदुरपश्चिमेलीहरु ।

सुदूरपश्चिमका पहाडी जिल्लामा जसरी गौरा पर्व विशेष पुजाआजा गर्दै मनाईन्छ दुवइमा पनि सोही तरिकाले गौरा मनाईएको हो । 


देश भन्दा टाढा बिदेशमा रहेर पनि आफ्नो सँस्कृति जोगाउन भन्दै संयुत्त अरब एमिरेट्स यूएईमा रहेका सुदुरपश्चिमेलीहरुले गौरा पर्व मनाएका हुन । नेपाली पोशाक गुन्युचोली र नेपाली ढाकाका पहिरनमा सजिएका नेपालीहरुले बिरुडा अर्थात तामाका भाँडामा भिजाएको गहुँ, केराउ, गहत, मास र गुराँस को समीश्रण (बिरुडा) लाई गौरीको पूजामा अक्षता र प्रसादको रुपमा प्रयोग गरेका थिए । 

कार्यक्रममा यूएईमा रहेका सुदूरपश्चिमेली कलाकारहरुको बिभिन्न प्रस्तुतीसंगै महिलाहरुले गौरा नचाएका थिए भने डेउडा पनि खेलिएको थियो । डेउडामा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकि बालिका निर्मला पन्तका परिवारलाई न्याय र दोषीलाई कारवाहीको माग गरिएको थियो । 

युएईमा कार्यरत सुदूरपश्चिमेलीहरुले तीन बर्ष अगाडी नेपाल बाहिरका मुलुकमा पहिलोपटक सार्वजनिक स्थानमा सुदूरपश्चिमका देउडा, चैत, धमारी खेलेका थिए । त्यसपछि अहिले सुदूरपश्चिमेलीहरु कार्यरत सवै देशमा गौराको अवसरमा विशेष कार्यक्रम आयोजना हुदै आएका छन् । 

गौरा पर्वले धामिर्क आस्था, आपसी सद्भभाव बढाउन मद्दत पुर्याउने भएकाले सुदुरपश्चिम सेवा समाज यूएईले हरेक बर्ष गौरा पर्व मनाउदै आएको जनाएको छ । कार्यक्रममा सुदुरपश्चिमेली मात्र होइन यूएईमा कार्यरत अन्य क्षेत्रका नेपालीको पनि उपस्थिति थियो ।

यस्तै सोही अवसरमा विरामी निर्मला विक र बैतडी गोकुलेश्वरका क्यान्सर पिडितलाई सहयोग गर्न रकम पनि संकलन गरिएको सुदुरपश्चिम सेवा समाज यूएईका सल्लाहकार लक्ष्मण अधिकारीले जानकारी दिए । 

कमेन्ट लोड गर्नुस