पतिले मोबाइलको पासवर्ड नबताएपछि जिउँदै जलाइन् पत्नीले
काठमाडौं : एक महिलाले आफ्नो पतिको मोबाइल फोनको पासवर्ड नपाएपछि पतीलाई जिउँदै जलाएकी छिन्।
इन्डोनेसियामा २६ वर्षीय पती डेडी पूरनामालाई पत्नी इल्हाम चहयानीले जिउँदै जलाएकी हुन।
डेडीले घरको छत मर्मत गर्न लाग्दा पत्नीले उनको मोबाइलको पासवर्ड मागिन्। डेडीले पासवर्ड दिन मानेनन् अनि दुवैजना झगडा गर्न थाले। डेडीले इल्हाममाथि कुटपिट गरे। झगडाका क्रममा इल्हामले उनीमाथि पेट्रोल छर्किन् र आगो लगाइन्।
घटनाको दुई दिनपछि उनको मृत्यु भएको द डेली मेलले जनाएको छ।
पत्नीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।