मोबाइल नचलाउने आमिर खानको घोषणा
मुम्बई: बलिउड अभिनेता आमिर खानले सञ्चारबाट आफूलाई विच्छेद गराउन मोबाइल बन्द गर्ने घोषणा गरेका छन्।
व्यस्ततालाई मध्यनजर गर्दै आमिरले सोमबारबाट मोबाइल पूर्ण रुपमा बन्द गरेका हुन।
मिस्टर पर्फेक्टसनिस्टका रुपमा परिचित उनले आफ्नो काम र व्यक्तिगत जीवनमा असहज भएकाले मोबाइल नचलाउने निर्णय गरेका हुन।
‘आमिरले आफूमा मोबाइल चलाउने बानी बढेपछि उनले त्यसको असर निजी जीवन र काममा परेको बुझिसकेका छन्, त्यहीकारण उनी मोबाइल नभएको पुरानो समयको जीवनशैलीलाई अपनाउन चाहेका छन्,’ भारतीय मिडियाले जनाएका छन्।
आमिरले आफू निकटलाई अत्यावश्यक काममा आफूलाई भेट्नु परे मेनेजर वा कामसँग सम्बन्धित व्यक्तिलाई भन्न आग्रह गरेका छन्।