श्रीमतीको बैंक कार्ड चोरेर गर्लफ्रेण्डको जरिवाना तिरेपछि
काठमाडौं: एक जनाले आफ्नै श्रीमतीको बैंक कार्ड चोरेर गर्लफ्रेण्डको जरिवाना तिरेको खुलासा भएको छ।
युएईको दुबईमा एकजना महिलाले आफ्नो क्रेडिट कार्ड चोरी गरेर कसैले आफ्नो क्रेडिट कार्डबाट रकम भुक्तानी गरेको उजुरी गरिन्। चोरी गरिएको कार्डबाट ट्राफिक जरिवाना तिरिएको भन्दै उनले प्रहरीमा उजुरी गरेपछि दुबई पुलिसले तत्कालै त्यस विषयमा छानविन सुरु गर्यो।
प्रहरी अनुसन्धानपछि ती महिलाको क्रेडिट कार्डबाट ट्राफिक जरिवाना भुक्तान गर्ने मानिस अरु कोही नभएर उनकै पती भएको खुल्यो। पतीले आफ्नी गर्लफ्रेण्डको जरिवाना तिरेका थिए।
उजुरीकर्ता महिला आफ्नो लोग्नेको अरु महिलासँग विवाहेत्तर सम्बन्ध रहेकोमा अनभिज्ञ थिइन्।
साथै उनका लोग्नेकी गर्लफ्रेण्डलाई समेत ती पुरुष विवाहित भन्ने थाहा रहेनछ। -गल्फन्यूज डटकमबाट