श्वेता खड्का र उनका पति विजयेन्द्रले कुटेको भन्दै प्रहरी कहाँ पुगिन् सुष्मा कार्की
काठमाडौं: अभिनेत्री श्वेता खड्काले आफूमाथि कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएको चर्चा चुलिएको छ।
श्वेतासँगै उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले पनि आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै सुष्माले महानगरीय वृत्त दरबारमार्गमा उजुरी दिएको चर्चा चुलिएको हो।
तर प्रहरीले आरती खड्का र रसाइलीमाथि सुष्माले सोमबार साँझ नै उजुरी दर्ता गराएको दरबारमार्ग प्रहरीले बताएको छ।
सुष्माले सोमबार साँझ लन्डन पब क्याफेमा आफूमाथि कुटपिटको घटना भएको दाबी गरेकी हुन्।
त्यस्तै, श्वेताका पति विजेन्द्रले आफु र पत्नी श्वेतामाथि मुद्दा नपरेको दिनेशखबरलाई जानकारी दिएका छन्।
उनले भने, ‘सामान्य विवाद हुँदा मेरी साली आरती र उत्सव जी माथि मुद्दा हालिएको छ। झगडा पनि उहाँहरुकै बीच भएको थियो। खासगरि जातिय रुपमा भेदभावको शैलीमा सुष्मा जी उत्रिएपछि विवाद उत्पन्न भएको थियो।’