प्रेमिकाले गरिन् आफ्नै प्रेमिको हत्या, खुवाइन् कुकुरलाई
धनगढी : संयुक्त अरब अमीरातमा एक ३० वर्षीय युवतीलाई आफ्नै ब्वायफ्रेण्डको हत्या गरि टुक्रा टुक्रा पारेर कुकुरलाई खुवाएको आरोप लागेको छ ।
ती युवतीले उनका ब्वायफ्रेण्ड अरु नै केटीसंग बिहे गर्ने तयारीमा रहेकाले हत्या गरिएको भनिएको छ । रिपोर्टका अनुसार यो जोडी पछिल्लो सात वर्षदेखि एकअर्कालाई डेट गरिरहेको र दुबै मोरक्कोमा बसिरहेका थिए । जब उनका प्रेमीले आफूले अर्कैसंग बिहे गरिरहेको बताए तब ती युवती निकै आक्रोशित भएर प्रेमीको हत्या गर्न पुगिन् ।
त्यसपछि ती युवतीले अरबको परम्परागत तथा लोकप्रिय परिकार मच्चाबुशमा प्रेमीको शरीरको केही टुक्राहरु राखेर पकाइदिइन् ।बिर्यानी जस्तै हुने यो परिकार यूएईका साथै बहरीन देशमा पनि निकै लोकप्रिय मानिन्छ । कोर्टको एक रिपोर्टका अनुसार ती युवतीले उक्त परिकार केही पाकिस्तानी कन्स्ट्रक्सनका कामदारलाई खानका लागि दिएकी थिइन् । त्यसपछि उनले बाँकी रहेको शरीरको भाग कुकुरलाई खुवाएकी थिइन् ।
केही बेरपछि ती युवकका भाइ उनलाई खोज्दै युवतीको घर पुगे र उनले मिक्सर ब्लेन्डरमा युवकको दाँत भेट्टाए । त्यसपछि उनलाई ती युवतीमाथि शङ्का उत्पन्न भयो र पुछताछ गर्न सुरु गरे । युवकका भाइले घटनाका बारेमा पुलिसलाई खबर गराए । युवतीले आफ्नो अपराध स्वीकारिन् । उनमा मानसिक समस्या हुनसक्ने भन्दै मेन्टल अस्पताल पनि लगिएको थियो । आजतकबाट