सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारी मात्रै बस्ने अनौठो गाउँ

२०७७ माघ २९, ०४:२९ खबर संवाददाता

काठमाडौं: संसारकै सबैभन्दा अनौठो एक गाउँमा केवल बलात्कारी पुरुषहरु मात्र बस्छन्।

अमेरिकाको फ्लोरिडाबाट २ माइल टाढा पर्ने उक्त गाउँको नाम मिराकल गाउँ हो।

उक्त गाउँमा २ सय मानिस बस्दछन्। गाउँमा बस्ने सबैजना मानिसहरु बलात्कारीहरु हुन्।

सन् १९६० मा यो गाउँमा बस्ती बसालिएको हो। तर सन् २००९ देखि मात्र यो गाउँलाई बलात्कारी बस्ने गाउँमा रुपान्तरण गरिएको हो।

उक्त गाउँमा बलात्कार गर्ने अपराधीहरुलाई राख्न थालियो। बाल यौन दूराचारदेखि लिएर आफ्नै प्रेमिका र अन्य महिलाको समेत बलात्कार गर्ने अपराधीहरु उक्त गाउँमा बस्छन्।

यो गाउँ एक खालको जेल नै हो। यहाँ बलात्कारको अपराधमा जेल सजायँ पाएका अभियुक्तहरुले आफ्नो सजाय काट्ने गरेको गार्जियन पत्रिकाको रिपोर्टले लेखेको छ। 

उक्त गाउँमा बस्ने मानिसहरु अपराधी भएपनि आत्मनिर्भर छन्। उनीहरुको गुजाराका लागि स्थानीय स्तरमा जागिरसमेत उपलब्ध गराइएको छ। -एजेन्सी

कमेन्ट लोड गर्नुस