सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा एक नेपालीको मृत्यु

२०७५ भदौ २९, ०३:२२

सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएको हो । ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए । 

बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा) कम्पनीमा कार्यरत थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी भएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको छ 
 

कमेन्ट लोड गर्नुस