सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोस्रो बिहे गरिन अभिनेत्री दीया मिर्जाले

२०७७ फाल्गुन ४, ०२:०४ खबर संवाददाता

काठमाडौँ: बलिवुड अभिनेत्री दीया मिर्जा दोस्रो बिहे गरेकी छिन्। दीयाले  विजनेसम्यान प्रेमी वैभव रेखीसँग सोमबार विवाह गरेकी हुन्।

दीयाको वैवाहिक कार्यक्रममा उनी निकट केहि साथीहरु र पारिवारिक सदस्यमात्र उपस्थित भएको भारतीय मिडियाहरुले बताएका छन्। 

३९ वर्षीया अभिनेत्री दीयाले २०१९ को अगस्तमा आफ्ना पति साहिल सांघासँग डिभोर्स गरेकी थिइन्। करिब ११ वर्षको सम्बन्धलाई तोडेर दीयाले आफु अलग भएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस