सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता बनिन् रश्मि शाक्य

२०७७ फाल्गुन १८, ०३:३१ रासस

काठमाडौँ: सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य भएकी छिन्।  ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गनि। 

२२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा डा अश्विना केसी फस्ट रनरअप हुनुभयो भने इन्टेलिजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन। प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भइन भने उनले बेस्ट स्किन र बेस्ट वाकको पनि उपाधि जित्न सफल भएी छिन्।  

विजेता शाक्यले रेफ्रिजेरेटर, लेटमीइनका तर्फबाट ३० हजार बराबरको गिफ्ट भौचर र सिङ्गापुर मलेसियाको भ्रमणका लागि हवाई टिकट उपहारस्वरुप प्राप्त गरिन। फस्ट रनर अपलाई ४० इन्चको टिभी, सेकेन्ड रनर अपलाई भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनका तर्फबाट २० हजारको गिफ्ट भौचर प्राप्त गरिन। थर्ड रनरअप शर्मिला घिसिङ र चौथो रनरअप सपना थापा भइन भने अर्गनाइजर च्वाइसको उपाधि अम्बिका थापाले जित्न सफल भइन।

प्रतियोगितामा सृजना थापाले डिसिप्लेन, सजिता रेग्मी कन्फिडेन्ट, लक्ष्मी राणा लोयल, सुनिता केसी पपुलर, अञ्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फ्रेन्डली उपाधि जितिन। त्यस्तै, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्बल, लक्ष्मी अर्यालले मिसेज बब्ली, सृजना अधिकारी ब्युटिफुल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटिक, चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी महर्जन कोटियोर्स, पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डओर्किङ र सुन्नीमा लम्साल मिसेज ब्रेभ एन्ड बोल्ड अवार्ड प्राप्त गरिन।  

कमेन्ट लोड गर्नुस