सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्वीटरमा ‘अजय देवगण कायर हो’ को ट्रेन्ड

२०७७ फाल्गुन १९, ०६:१३

एजेन्सी: भारतमा लामो समयदेखि ३ नयाँ कृषि कानूनविरुद्ध किसानहरूको आन्दोलन जारी छ।

बलिउडका कतिपय कलाकारले यस विषयमा खुलेर आफ्नाे विचार दिएका छन् भने कतिपयले केही बोल्न सकेका छैनन्। 

मंगलवार बिहान लगभग साढे ८ बजे अजय देवगण फिल्मको शूटिङका लागि फिल्मसिटी गइरहेका थिए। फिल्मसिटीको गेटमा पुग्नै लाग्दा २८ वर्षीय राजदिप सिंह नाम गरेका एक युवकले उनको कार रोके र सोधे, ‘किसानहरूले आन्दोलन गरेको १०० दिनभन्दा बढी भइसकेको छ। उनीहरूको समर्थनमा किन एउटा पनि ट्वीट नगरेको ?’

पछि प्रहरीले राजदिपलाई पक्राउ गर्‍यो। 

 युवकले अजयसँग किसान आन्दोलनको कुरा गर्न मात्र चाहेको प्रत्यक्षदर्शीहरूले बताए। 

यस घटनापछि सामाजिक सञ्जालमा ‘अजय देवगण कायर हो’ भन्दै ट्रेन्ड चलेको छ। 

कमेन्ट लोड गर्नुस