सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

२०७७ फाल्गुन २०, ०३:२८ खबर संवाददाता

काठमाडौं : नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा लमजुङ बेंसीसहरका सुजन परियार रहेका छन्।  ‘सिनेमा घर’सहित विभिन्न डिजिटल प्लेटफर्ममबाट नेपाली चलचित्रलाई पाइरेसी गरेको भन्दै सुजनलाई प्रहरीले पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको हो।

‘सिनेमा घर’ प्लेटर्फमका सञ्चालकद्वय सागर खरेल र खगेन्द्र लामिछानेले दिएको जाहेरीको आधारमा परियार पक्राउ परेका हुन्।

उनलाई फागुन १३ गते पक्राउ गरेर अनुसन्धान थालिएको टेकुस्थित अपराध महाशाखाका प्रहरी निरीक्षक भुवनबहादुर खड्काले बताए। 

कमेन्ट लोड गर्नुस