सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका धर्मेन्द्र द भ्वाइस अफ नेपालमा (भिडियोसहित)

२०७७ चैत्र ७, १२:१६ खबर संवाददाता

बाजुराः  बाजुराकाको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २४ वर्षीय धर्मेन्द्र सुनार "द भ्वाइस अफ नेपाल"मा छनौट भएका छन्। उनी हिमालयन टेलिभिजनबाट प्रशारण हुने भ्वाइस द भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनौट भएका हुन।

डिजिटल अडिसन पछि जजले उनको स्वर तथा कलालाई मन पराएपछि द भ्वाइस अफ नेपालको टिम कोल्टीमै पुगेर उनीलाई लगेको थियो।

शुक्रवार साँझ मात्र ब्लाइन्ड अडिशनमा उनले आफ्नो प्रस्तुति देखाएका थिए। उनको प्रस्तुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनी निकै चर्चित बनेका छन्। 

धर्मेन्द्र विगत १२ वर्षदेखि सांगितिक क्षेत्रमा रहेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारणले धर्मेन्द्रले सांगीतिक क्षेत्रमा समस्या भोग्दै आएको बताए।

बाजुराको दुर्गम ठाउँका उनले डिजिटल अडिनका लागि समेत घण्टौ हिँडेर मोबाइलन नेटवर्क आउने स्थानबाट अडियो पठाएको बताएका छन्। 

 

कमेन्ट लोड गर्नुस