सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाउपडी भित्रका पीडा (भिडियो कथा)

२०७५ कार्तिक १९, ११:४८ आरजु

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला भएका बेला छाउगोठमा बस्नुपर्ने अन्धविश्वास कायम छ। रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको गोठमा बस्न लगाइन्छ। महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा रहेको छ।

अलग्गै बसेका बेला महिलाहरूमा पटक–पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्। छाउपडी गोठमै बसेका बेला अछाम लगायतका जिल्लामा धेरै महिलाहरुले अकालमै ज्यान गुमाईसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस