सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा पसिना बगाएर एक युवकद्वारा विपन्नलाई सहयोग, घर बनाउने घोषणा

२०७५ पुष २६, ०३:३१ खबर संवाददाता

आफ्नो परिवार पाल्नका लागि विदेशीएका कैलालीका एक युवक अर्को विपन्न परिवारका लागि साहरा बनेका छन्। कैलालीको धनगढी उप–महानगरपालिकाको ब्युसाका एक युवकले विदेशमा पसिना बगाएर विपन्न परिवारलाई सहयोग गरेका हुन्। स्थानीय मनोज साउदले चुरे गाउँपालिका वडा नम्वर २ का शेरवहादुर नेपालीको परिवारलाई सहयो गरेका हुन्। 

नेपालीको मानसिक अवस्था विग्रीदै गएपछि घरमा खान लगाउन पनि समस्या भएकाले सहयोग गरेको साउदले बताए। उनले चामल सहित दैनिक उपभोग्य सामाग्री र जाडोमा ओड्ने, ओछ्याउनका लागि पनि लुगा सहयोग गरेको बताए। नेपाली परिवारको बस्ने व्यवस्थाका लागि घर पनि नभएकाले साउदले छिट्टै घर बनाईदिने पनि घोषणा गरेका छन्। 

कमेन्ट लोड गर्नुस