सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा मनाईयो माघी

२०७५ माघ ८, ०६:१३ खबर संवाददाता

अमेरिकामा बसिरहेका सुदुरपश्चिमेलीहरुले माघी मिलन कार्यक्रम मनाएका छन् । विसकान्सीन गौरा टीमले आयोजना गरेको कार्यक्रममा शुभकामना आदान प्रदान, सांस्कृतिक थारू नाच, देउडा खेल्ने लगायतका कार्यक्रम गरिएका छन् । जेष्ठ सदस्य मुक्ती रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ विसकान्सीनका अध्यक्ष वुद्धि सुवेदी रहेका थिए ।

अनिल बिष्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वासु अधिकारीले राखेका थिए । हरेक बर्ष मार्तभुमी नेपालको सांस्कृतिक बचाउन गौरा र माघी मनाईदै आएको गैर आवासीय नेपाली संघ विसकान्सीनका कोषाध्यक्ष हरि जोशीले जानकारी दिए । 

कमेन्ट लोड गर्नुस