सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य नीतिलाई समय सापेक्ष बनाउन सरकारलाई सुझाव

। फोटो स्रोत ।
२०७५ माघ २२, ०५:४० खबर संवाददाता

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको स्वास्थ्य उपसमितिले सरकारले सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने निष्कर्ष निकालेको छ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको स्वास्थ्य उपसमितिले मंगलबार समितिलाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो काममा सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने उल्लेख गरिएको हो। सम्बन्धित मन्त्रालयले सक्रियताका साथ आफ्नो काम नगरे मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने देखिएको उपसमितिका संयोजक खगराज अधिकारीले जानकारी दिए।  विभिन्न २० वटा अस्पतालहरुसँग अन्तरक्रिया गरी तयार पारिएको प्रतिवेदनमा स्वास्थ्य नीतिलाई समय सापेक्ष बनाउन पनि सरकारलाई सुझाव दिइएको छ।
 

कमेन्ट लोड गर्नुस