सुदूर नेपाललाई विश्वसँग जोड्दै

गगनले हचुवामा भेन्टिलेटर किने : स्वास्थ्य राज्यमन्त्री यादव

। फोटो स्रोत ।
२०७५ माघ २३, ०१:४८ खबर संवाददाता

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले पूर्व स्वास्थ्यमन्त्री गगन थापाले हचुवाका भरमा भेन्टिलेटर खरिद गरेका कारण थन्किएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा यादवले थापामाथि सो आरोप लगाएका हुन्। थापा पनि सोही समितिको सदस्य हुन्।
‘गगनजी बैठकबाट जानुभयो’, यादवले भने, ‘मन्त्रालयसँग ३०र३५ वटा भेन्टिलेटर छ। एक वर्ष वारेन्टी रहेछ। वारेन्टी पनि सकियो। कहिलेकाहीँ के हुन्छ भने हामी विनाप्लानिङ सामान किन्दिछौं। तर अहिले दिने ठाउँ छैन।’ मन्त्री यादवले शिक्षा तथा स्वास्थ्य समितिलाई समेत मन्त्रालयको सीमा सम्झाए। ‘हामी जति ठूलो कुरा गरौं, जति प्रतिवेदन बनाऔं’, यादवले भने, ‘मन्त्रालयको साढे ४ अर्बको बजेटले के हुन्छ?’ उनले प्रत्येक गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिए पनि बजेट नभएको बताए।

कमेन्ट लोड गर्नुस