बझाङको सदरमुकाम रहेको जयपृथ्वीमा एमालेको उम्मेदवारी दर्ता
२०७९ वैशाख १२, ०३:३६
बझाङ: बझाङको सदरमुकाम रहेको जयपृथ्वी नगरपालिकामा नेकपा एमालेबाट मेयरमा सुरतबहादुर सिंह र उपमेयरमा जमुना चन्दले उम्मेदवारी दर्ता गराएका छन्। मेयरमा सिंह र उपमेयरमा चन्दले जिल्ला अदालत बझाङमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
सदरमुकामस्थित चैनपुर बजारबाट तामझामका साथ मुख्य निर्वाचन कार्यालय पुगेका उनीहरूले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन्। जयपृथ्वी नगरपालिकाका ११ वटै वडामा एमालेले उम्मेदवारी दर्ता गराएको छ।
कमेन्ट लोड गर्नुस