सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वदेश फर्किइन् आरजु देउवा

२०७९ साउन १५, ०६:१७ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु देउवा स्वदेश फर्किएकी छन्। भारतको राजधानी नयाँदिल्लीमा उपचार सकेर आरजु आइतवार काठमाडौं फर्केकी हुन्।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आरजु सहितको फोटो राख्दै स्वदेश फर्केको जानकारी गराएका छन्। दिल्लीको म्याक्स अस्पतालमा उनको उपचार भएको थियो। 

कमेन्ट लोड गर्नुस