सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन अस्पतालद्धारा वार्षिकोत्सवको अवसरमा फलफुल वितरण र रक्तदान

२०७५ फाल्गुन १७, ०५:५४ खबर संवाददाता

धनगढीको नवजीवन अस्पतालले वार्षिकोत्सवको अवसरमा फलफुल वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। अस्पतालले १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको अवसरमा आज अस्पतालमा रहेका ३५ जना विरामीहरुलाई फलफुल वितरण गरिएको हो।

अस्पताल मेडिकल सञ्चालकतथा निर्देशक बिदुरमणी ढकाल, सञ्चालक डाक्टर जयराज केसी, बालरोग विशेषज्ञ डाक्टर सुमन नेपाल, सर्जन डाक्टर आनन्द पाठक लगायतले विरामीहरुलाई फलफुल वितरण गरेका हुन्।

 यस्तै आज नै आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन गरिएको छ भने अस्पतालले ओपीडि  चेकजाँच समेत निःशुल्क गरिएको थियो। अस्पतालले ल्याब टेस्ट, एक्सरे, ईको इन्डोस्कोपी र फार्मेसीमा ५ देखी २० प्रतिशत छुटको व्यवस्था गरेको थियो।

यस्तै नवजीवन अस्पतालले पछिल्लो एक वर्षमा नयाँ र पुराना गरी १८ हजार ९ सय ९७ विरामीले ओपीडि सेवा लिएको जनाएको छ भने २ हजार पाँच सय १४ जनाले आकस्मीक  सेवा र २ हजार एक सय १५ जनाले निःशुल्क उपचार सेवा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस