सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीलाई माधव नेपालले भनेः मैले भात खुवाएर पैसा समेत दिएर पठाएको मान्छेले फुर्ति गर्ने ?

२०७९ भदौ ४, ०३:४६ खबर संवाददाता

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गरेका छन्। पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए।

नेपालले भने–को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं। दुईजना पलायन भए। ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं, एकजना एमालेमा छन्। केपी ओली त त्यसबेला जेलमा थिए,१२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं, अहिले फुर्ति लाएर हुन्छ ? ओलीलाई आफूले २०३० सालमा रौतहटमा भेटेको र आश्रय दिएको भन्दै नेपालले मोरङमा आफूले २ महिनासम्म भात खुवाएर पालेको टिप्पणी समेत गरे। नेपालले भात खुवाएरमात्र नभई पैसा दिएर पठाएको नेपालले बताए।

उनले नेकपा एमालेबाट आफूहरुले गरेको विद्रोह सही भएको भन्दै नत्र अहिले एमालेमा रहेका १० भाइको जस्तो हरिबिजोग हुने बताए।

कमेन्ट लोड गर्नुस