सलमान र चिरञ्जीवि अभिनित ‘गडफादर’को टिजर सार्वजनिक
काठमाडौं: दक्षिण भारतीय अभिनेता चिरञ्जीवि र बलिउड अभिनेता सलमान खानको सहकार्य रहेको फिल्म ‘गड फादर’को टिजर ट्रेलर सार्वजनिक भएको छ।
मलायमल फिल्म ‘लुसिफर’को रिमेक रहेको यो फिल्ममा चिरञ्जीविले मोहनलालको भूमिका निर्वाह गरेका छन्। गडफादरमा सलमान पृथ्वीराज सुकुमारनको भूमिकामा देखिनेछन् भने नयनताराले मञ्जु वारियरको भूमिका निर्वाह गर्नेछिन्। यो फिल्म दशैं छेकोमा असोज १९ गते रिलिज हुनेछ।