सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्कृष्ट अभिनेत्रीको अवार्ड ऋचालाई

२०७९ भदौ ६, ११:१८ खबर संवाददाता

काठमाडौँ: अभिनेत्री ऋचा शर्माले छोटा चलचित्र ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन्। उनले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा यो अवार्ड जितेकी हुन्।

अवार्डको घोषणा भए पनि यसको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुने जनाइएको छ। शर्माले अवार्ड समारोहमा उपस्थितिका लागि फेस्टिभल आयोजकबाट निमन्त्रणा आइसकेको बताए।  

उनले साउदी अरबमा अपराध कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका अभिनय गरेकी छिन्। 

 

कमेन्ट लोड गर्नुस