सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता हुने

२०७९ भदौ ६, ०५:१७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता हुने भएको छ। डेउडा प्रतिष्ठानको आयोजनामा भदौ १७ गतेदेखि १९ गतेसम्म गौरा महोत्सव तथा डेउडा प्रतियोगिता हुने भएको हो।

प्रतिष्ठानका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक दलबहादुर बोगटीका अनुसार कला संस्कृतिको सम्वद्धन तथा प्रचारप्रसार गर्नका लागि धनगढीमा गौरा महोत्सव र डेउडा प्रतियोगिता गर्न लागिएको हो। 

 सास्कृतिक समितिका संयोजक सुरत रावत (डोटेली कान्छा) ले महोत्सवमा प्रादेशिक डेउडा प्रतियोगितासंगै सुदूरपश्चिमका ९ वटै जिल्लाका झाँकी प्रदर्शनी, गौरा प्रदर्शनी, लोकबाजाको प्रदर्शन, लोक नृत्य तथा लोक गायन, अग्रज श्रष्टालाई सम्मान र कलाकारको प्रस्तुती पनि रहने जानकारी दिए। डेउडा प्रतियोगिताका विजेतालाई २५ हजार १११, दोस्रो हुने टिमलाई १७ हजार १११, तेस्रोलाई ११ हजार १११ र चौथोलाई ५ हजार १११ नगद प्रदान गरिने सास्कृतिक समितिका संयोजक रावतले बताए। 

कमेन्ट लोड गर्नुस