अलि अराजक भएको छु (गजल)
२०७९ भदौ ९, १०:०४
यसपालि अलि अराजक भएको छु
धेरैको धेरै ठाउँमा बाधक भएको छु
सबैमा नैतिक शिक्षा पाठ पढाउँदैछु
यसो गर्नुहुन्न भन्ने नियामक भएको छु
भन्थे मलाई सोझो मान्छे त्यस्तै थिए
जिताउने हराउने भयानक भएको छु
मेरो गोरुको बाह्रै टक्का जानेकै छु
राजनीति खेलमा निर्णायक भएको छु
असल बन्नुपर्छ ठूलो होइन भन्ने गर्थे
विजेता अलि ठुलो शासक भएको छु ।
-कैलासकुमार पाण्डेय
परशुराम–१२, डडेल्धुरा
कमेन्ट लोड गर्नुस