सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘एक व्यक्तिले दुई पटकभन्दा बढी चुनाव लड्न नपाउने व्यवस्था गरौं’

२०७९ भदौ ९, ०७:४४ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेको पोलिटब्यूरो बैठकमा प्रत्यक्षतर्फ पनि लगातार उम्मेदवार बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने प्रस्ताव आएको छ। बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा डा.विन्दा पाण्डेले एक व्यक्तिले दुईपटक भन्दा धेरै चुनाव लड्न नपाउने व्यवस्था गर्नु राम्रो हुने प्रस्ताव राखेकी हुन्।

‘एउटै व्यक्ति लगातार कति वटा चुनाव लड्ने हो? यसबारे पनि व्यवस्था गरौं’, पाण्डेको प्रस्ताव थियो। उनले आगामी चुनावमा प्रत्यक्षतर्फ महिला उम्मेदवार संख्या अधिकतम बढाउनुपर्ने प्रस्ताव गरिन्। 
 

कमेन्ट लोड गर्नुस