विद्यार्थी साहित्य प्रतिष्ठान केएमसीको अध्यक्षमा पन्त
धनगढी: विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पस(केएमसी)को अध्यक्षमा सन्तोष पन्त निर्विरोध चयन भएका छन्। १०औं अधिवेशनबाट उनको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको हाे।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा सन्तोष उपाध्याय, उपाध्यक्षमा राधिका फुलारा, महासचिवमा दुर्गा प्रसाद ढुङ्गाना, सचीवमा प्रतीक्षा भट्ट र कोषाध्यक्षमा असारिका शर्मा घिमिरे चयन भएका छन्। यस्तै सदस्यहरुमा क्रमश कैलाश बोगटी, धरणिधर भट्ट, दिपेन्द्र बुढा ,हर्क बोगटी, बिप्लब सिंह खड्का, चित्रराज भट्ट, सुमित्रा भट्ट, बिपी उपाध्याय र रेखा रावल चयन भएका छन्।
यस्तै १५६औं मोतीराम भट्ट जन्मजयन्तीको अवसरमा विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसको आयोजनामा गजल वाचन कार्यक्रम पनि आयोजना गरिएको थियो। गजल वाचन कार्यक्रममा १४ जना गजलकारले सहभागिता जनाएका थिए।
उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदले आयोजना गरेको राष्ट्रिय गजल प्रतियोगितामा प्रथम भएका धनगढीका गजलकार समीर ओझा र कैलाली बहुमुखी क्याम्पसमा बिबिएम तेस्रो सेमेस्टरमा त्रिभुवन विश्वविद्यालय प्रथम हाँसिल गर्न सफल धरणिधर भट्टलाई सम्मान पनि गरिएको थियो।